मुम्बई । बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको बताएकी छिन् ।
३६ वर्षिय यी गायिकाले आफ्ना श्रीमान शिलादित्य मुखोपाध्यायको नामसंग मिलाएर नाम राखेको जानकारी दिएकी छिन् ।‘बेबी श्रेयादित्य बाटोमा छ । शिलादित्य र म तपाइहरुलाई यो खबर सार्वजनिक गरिरहँदा असाध्यै खुसी भएका छौं । हामीलाई तपाईहरुको माया र आशिर्वादको खाँचो छ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
५ फेब्रुअरि २०१५ मा श्रेयाले प्रेमी शिलादित्यसंग विवाह गरेकी थिइन् । उनीहरुले विवाह पनि सुटुक्क गरेका थिए । बैबाहिक कार्यक्रममा दुवै पक्षका पारिवारिक सदस्यको मात्रै उपस्थिती थियो ।
उनको गायनयात्रा हिन्दी चलचित्र ‘देवदास’बाट सुरु भएको थियो । शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षित अभिनित फिल्ममा पाँँचवटा गीत गाएकी थिइन् । पाँचै गीत बिनकै चर्चित भएको थियो ।
केहि तस्विरहरू…
आफ्नो प्रतिक्रिया दिनुहोस् !