धरान / युवाको व्यक्तित्व हेर्दा आफू भन्दा बढी उमेरकी महिलासँग उमेर लामो प्रेम सम्बन्ध छ जस्तो पनि लाग्दैन्। हेर्दा २४ बर्षका जस्तो देखिने धनकुटाको पख्रिबास नगरपालिका–६ फलाँटे घर भएका २४ बर्षिय दिनेश राना मगर अझ ह’त्या नै गर्छन जस्तो पटक्कै लाग्दैन । चिटिक्क जिउ डाल, गोरो अनुहार, आकर्षक पहिरन, भद्र स्वभावमा रातो ओठमा मिठो मुस्कान छ ।
कल्पनासमेत गर्न सकिँदैन उनी मान्छे मा’रिहाल्छन् भनेर तर, उनले प्रेम सम्बन्धको वहानामा पैसाको लागी ह’त्या गरेको रहस्य खुलेको छ । विवाहित समेत रहेका दिनेशले ‘घरमे एक बाहरमे एक’ भनेझै घरमा श्रीमती हुँदा हुँदै पनि पाँचथरको मिक्लाजुङ–१ की हाल इटहरी बस्दै आएकी मृ’तक ३९ वर्षीय सुमित्रा तामाङ सँग दिनेशको प्रेम सम्बन्ध १ वर्ष देखि नै झाँगिएको थियो ।
आर्मी पुलिसमा भिड्नका लागी जिउ बनाएका जस्तो लागे पनि दिनेश इटहरीमा सिटी सफारी चलाउने गर्थे, सोही समयमा इटहरी–५ तुलसा टोल बस्दै आएकी सुमित्रासँग भेट भएको थियो । गहिरो प्रेममा परेका दिनेशले तिनै प्रेमिकाको ह’त्या गरि फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय धरानले ह’त्या गरेको आरोपमा दिनेशलाई शनीबार दिउँसो पक्राउ गरेको छ । धरान–१८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नं. १०९ मा गत मंगलबार सुमित्रा मृ’त फेला परेकी थिइन् । दिनेशले सम्बन्धमा खटपट भए पछि होटलमा ह’त्या गर्न पुगेको प्रहरीको प्रारम्भिक बयानमा बताएको र आफूले ह’त्या स्वीकारेको प्रहरीले बताएको छ ।
होटलमा महिलाको ह’त्या गरी फरार रहेका राना मगरको पहिचान प्रहरीले गरेर खोजी गर्नेक्रममा शनिवार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको उनको ससुरालीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ह’त्या गरी फरार रहेका राना मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
आइतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी बृस्तिृत जानकारी दिइने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !