कविता
हो सँसार बिलय छ
समयसिमा फरक हुनसक्छ
तर यो नै ध्रुबसत्य हो,
यो सुन्दर सँसार
तिमी, म अनि यो प्रकृति
एकदिन अवस्य बिलय प्रायः छ
म त्यसरी गर्व गर्न त सक्दिन
तर, म यति चाहिँ घमण्ड गर्न सक्छु
अहँ मृत्यु
कुनै पनि हालतमा गर्वित हुनै सक्दैन
जिन्दगीको सुन्दर सपना
पट्यार लाग्दा यायावरका यात्राहरु
उकाली ओराली र घुम्तीहरु
एक बखान बाफिलो स्वास लिएर
उकालिनु त छदैछ,
प्राप्ति वा अप्राप्तिका लागि
थकित यी बन्द नजरहरुले
कल्पनाका भीरहरु पार गर्दै गर्दा
एउटा लम्बेतान रेशको घोडा जस्तै
दिन रात, लगातार
हिडिरहनु पर्छ
दौडिरहनु पर्छ
भागिरहनु पर्छ ।
जिवन भोगाईका दिनहरु
अतित सम्झेर स्विकार्छु,
मनमा एक खालको तरङ्ग पैदा हुन्छ,
शरिरमा कम्पन पैदा हुन्छ
चट्याङ पर्छ
अनि पानसपटलमा
फेरि उहि कुरा दोहोरिईरहन्छ
त्रास पैदा हुन्छ
र मन लाग्छ
जिन्दगीलाई कतै लगेर राखुँ
जहाँ कोहि पछि लाग्ने नहोस्
सिर्फ म
अनि म मात्रै हुनेछ, र
म साँच्चै मृत्युको नजिक हुनेछु।
अचेल मृत्युको राज छ,
सिङ्गो जिन्दगी निमिट्यान्न पार्ने
म, तिमी, हामी
आफ्ना आफन्त र सबै सम्बन्धहरु बिर्सेर
जिन्दगी धरासाही बनाउन
शक्तिशाली अनि भयानक शक्ति पैदा गर्छ,
तहसनहस बनाउँछ मन, मष्तिस्क
ध्वस्त बनाउँछ, पार्थिव शरिर
खरानी बनाउँछ र धुवाँमा उडाउँछ
हावामा मडारिन्छ र माथि जान्छ
अहो मृत्यु कस्तो महान?
सुःख दुःख बिर्साउँछ
अहम् र सङ्कोचका धर्साहरु
सदा सदाका लागि मेटाउँछ
सँसार जित्न चहानेहरु…
हिटलर हुन या गान्धीवादमा
दरिद्रमा होस् या धनाढ्यमा
हाम फालेर होस या झुण्डिएर
मृत्यु जिन्दगीको ढोका पक्कै होइन,
किनकी
सिङ्गो सँसार पछाडि राखेर उभ्याउने,
व्रmर आत्माका प्रतिविम्बहरु
बुद्धत्व ग्रहण गरेका शरिरहरु
आत्मिक पहिचान
सास्वत मृत्युसँगै बिलिन भएर जान्छ
प्रतिक्रिया बिहिन,
असम्बेदनशील र निस्कृय
निरिह जीवनको अदभुत सार्थकतामा
जीवनको मुल्यबोध र्गन नसकेर
अन्तिम प्रयासरत
अर्थहीन फैसला सुनाउँछ, मृत्यु!
बुद्धको पुनर्जन्म
बोधिसत्वको वास्तविकता
मरणसति मृत्युमाथिको स्मृति,
अन्तहीन तृष्णाबाट मुक्ति,
बासनामुक्त मन
मोह क्रोध र स्वार्थ
जीवनका भुल्नै नसकिने पाटाहरु…
मस्तिष्कको समागममा
जीवन प्रतिको मोह
जीवनको अँकुरणले
हृदयमा डर त्रासले बास पाउँछ
साँसारिक आकर्षणबाट
मुल्यहीन जिन्दगीको अन्त्य
इमान्दारिताको बहानामा बाँचिरहनु भन्दा
सहर्ष मृत्युलाइ स्विर्कान
जन्म र मृत्युको अकाट्य सत्य
अब फेरि मृत्य हुने छैन
मृत्यु, तिम्रो हार र
मेरो जीत हुनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !