काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि अनुमति दिएको छ ।
कम्पनीलाई अंकित मूल्य १ सयका दरले कुल २६ लाख ७ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण समूहमा यो संख्याको सेयर निष्कासन गर्नेछ । जुन कुल सेयरको २० प्रतिशत हो । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । यस कम्पनीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ ।










आफ्नो प्रतिक्रिया दिनुहोस् !