काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा तोकेको छ ।
आजका लागि केन्द्रीय बैंकले कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ । यसैगरी कुवेती दिनार १ को बिक्रीदर ४३१ रुपैयाँ ७४ पैसा र खरिददर ४३३ रुपैयाँ ६९ रुपैयाँ निर्धारण गरिएको छ ।
ads
यूएई दिरहाम १ को खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा, मलेसियाली रिंगेट १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा तथा दक्षिण कोरियन वनको खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा कायम गरेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा तोकिएको छ । क्यानडियन डलर १ को खरिददर ९९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको छ ।
बिस्तारमा हेर्नुहोस्ः
© Foreign Exchange Rates











आफ्नो प्रतिक्रिया दिनुहोस् !