काठमाडौं, चैत २७
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। अधिकारीलाई निलम्बन गरेपछि कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ। गभर्नर हटाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । खासगरी अर्थमन्त्री जनार्दन शर्माको तिब्र आलोचना भइरहेको छ ।
अर्थतन्त्रको अ समेत नजानेको अर्थमन्त्रीले देशको आर्थिक अवस्था कमजोर बनाएको आरोप लागेको छ । अनेक सेटिङ र नीतिगत भ्रष्टचार गर्दै अर्थतन्त्र ध्वस्त बनाउन लागेको भन्दै अर्थमन्त्री शर्मालाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चौतर्फी दबाब परिरहेका बेला गभर्नरलाई निलम्बलन गरेर अर्थमन्त्री चोखिन खोजेको स्वयः अर्थविदहरुले बताइरहेका छन् ।
पछिल्लो समय अर्थतन्त्र संकटमा पर्दै गएपछि गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच तिक्तता बढेको थियो। शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा अर्थमन्त्री शर्मा र अधिकारीबीच अर्थतन्त्रमा देखिएको संकटबारे दोहोरी नै चलेको थियो। मन्त्री शर्माले अर्थतन्त्रमा चर्चा भए जस्तो संकट नरहेको बताउँदा अधिकारीले श्रीलंकाको बाटोमा गइसकेको टिप्पणी गर्नुभएको थियो ।
त्यसैगरी अमेरिकाबाट आएको भनिएको ४० करोड रूपैयाँलाई लिएर राष्ट्र बैंककै अधिकारीहरुले कमिसन बार्गेनिङ गरेको आरोप पनि शर्माले लगाएका थिए । शर्मामाथि सरकारले विलासी वस्तु आयात रोक्न अर्थमार्फत दिएको निर्देशन कार्यान्वयनमा भूमिका नखेलेको तथा उक्त सूचना पहिले नै चुहाएको अर्को आरोप पनि थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस् !