आज मिति २०८० साल असोज २७ गते शनिबारका दिन सहयोगी मनहरूको समाज, काठमाण्डौले ललितपुरमा अवस्थित तुलासादेवी हरिहर फाउण्डेशन (तुलसालय) मा आश्रय लिइरहनुभएका असाह्य, पीडित तथा रोगीहरूका लागि खाध्यान्न सहितको सामाग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनकि सञ्चालिका सरू सेवदीको व्यवस्थापनमा सञ्चालित उक्त तुलसालयमा करिव ५५ जना आश्रित रहेका छन् । साधारण नाबालिकादेखि बृद्धबृद्धाहरू र मानसिक रोगीहरू समेत राखिएको उक्त आश्रममा विशेषतः सहयोगी हातहरूबाट प्राप्त वा संकलित सहयोग मार्फत खाना बस्नको व्यवस्था मिलाउँदै आउनुभएकि सँस्थाकि सञ्चालिका सुवेदीले बताउनु भयो ।
नेपाललाई मुख्य सहयोग केन्द्र बनाएर दर्ता गरिएको सहयोगी मनहरूको समाज, काठमाण्डौले करोडौ रूपैयाँ देशमा आइपरेका विभिन्न् आपत्तिहरूमा, रकम अभावमा उपचार नपाएका पीडितहरूका लागि सहयोग हस्तान्तरण गरिसकेको छ । उक्त सँस्था इजरायलबाट हेल्पिङ हेण्ड्स इन इजरायलको नाममा सञ्चालित थियो ।
कार्यक्रम मार्फत आश्रितहरूका लागि चामल १० बोरा, दाल १ बोरा, चिउरा १ बोरा, चियापत्ती १ किलो, तेल १० लिटर, आटा ५० किलो, आलु १ बोरा, चाउचाउ ५ कार्टुन, साबुन नुहाउने १ कार्टुन, साबुन लुगा धुने १ कार्टुन, बिस्कुट १ कार्टुन, मञ्जन १२ वटा, लगायतका खाध्यान्न तथा सरसफाईका सामानहरू वितरण गरिएको थियो ।
आजको सहयोग हस्तान्तरण कार्यक्रममा सँस्थाका अध्यक्ष कृष्ण ज्ञावली, महासचिव हरि मानन्धर, कोषाध्यक्ष रञ्जना भण्डारी, सदस्यहरू इन्दिरा थापा र निर्मला खड्काको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !