काठमाडाैं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ र ७५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ र ७४ पैसा बिक्रीदर १६७ रुपैयाँ ५० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्री दर ८७ रुपैयाँ ६५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
बिस्तारमा हेर्नुहोस्ः
© Forex Nepal











आफ्नो प्रतिक्रिया दिनुहोस् !