काठमाडौँ, २ जेठ । डिजेल र मट्टितेलको मूल्य एकैपटक प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले आज डिजेल र मट्टितेलको मूल्य एकैपटक प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
आज मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । निगमले आजसाँझ एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
निगमको यो निर्णयसंगै अव डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मुल्य १६५ रूपैयाँ प्रतिलिटर रहेको थियो ।
यद्यपि निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ । आज मगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !