काठमाडौं । यातायात मजदुरको आन्दोलनको समयमा पसल तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बसमा यात्रु हाल्ने काम गर्दै आएका २३ वर्षका रोजन डंगोल र ३० वर्षका रितेश बस्नेत, काउन्टरमा काम गर्ने ३० वर्षका एमन राई र लगेज बोक्नने काम गर्दै आएका ३० वर्षका सुजन तामाङ छन् । यस्तै बालाजुको एक खाजा घरमा काम गर्ने २३ वर्षका सुवास अधिकारी र गेष्ट हाउसमा काम गर्ने १९ वर्षकी जोना चौधरी पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट मोबाइल, एयरफोन, यूएसबी केबल बरामद भएको प्रहरीले बताएको छ । उनीहरुलाई चोरी तथा डाँका कसुरमा अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिएर प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर, टेकुले जनाएको छ ।
पक्राउ परेकाहरू सबै जना ल्होत्से मलकाे सोहि मोबाइल पसलमा राखिएकाे भिडियो सेक्युरिटी क्यामेराबाट पहिचान गरि खोजतलास गर्दा समातिएकाे महाराजगञ्ज प्रहरीले बताउनुभएकाे छ ।
फोटो हेर्नुस्ः













आफ्नो प्रतिक्रिया दिनुहोस् !