एजेन्सी – भारतमा बलात्कारका घटना बढिरहेका छन्। भारतको बिहारमा एक गर्भवती महिलाको बलात्कार भएको घटनाले धेरैलाई स्तब्ध बनाएको छ। बिहारको मुंगेरमा गर्भवती १९ वर्षीया महिलाको बलात्कार भएको हो। महिला घरमा एक्लै भएको बेला उनका छिमेकी २५ वर्षीया युवकले बलात्कार गरेका हुन्।
बलात्कारपछि ती महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको र उनलाई सदर अस्पताल भर्ना गरिएको प्रहरीले बताएको छ। पीडित महिलाकी जेठानीले आरोपीत युवकले पीडित महिलाको साथ बारम्बार अभद्र व्यवहार गर्ने र उनको शरीरलाई गलत तरिकाले छुने प्रयास गर्ने गरेको प्रहरीलाई बताएकी छिन्।
पीडीत श्रीमान् गुजरातमा ट्रक चलाउँछन्। उनी जेठानीसँग बस्दै आएकी थिइन्। भारतीय प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। फरार अभियुक्त खोज्नका लागि विभिन्न स्थानमा छापा मार्ने काम भइरहेको प्रहरीको भनाइ छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !