इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी सधैं मिडियामा छाइ रहन्छन् । उनलाई विवादमा ल्याउने बारम्बार प्रयास हुने गरेको छ । उनको बोली र स्वभाव धेरैलाई मन पर्दैन त्यसैले ृउनको बोली र स्वभावले अरुको चित्तमा दुख पर्ने गर्छ । फेरि इटहरीमा यस्तै एक घटना भएको छ ।
सेवाग्राही महिलालाई कार्यकक्षमै नराम्रो ब्यवहार गरेको भन्दै इटहरीका दर्जन बढी संस्थाहरुले मेयर द्वारिकालाल चौधरीको विरोध गरेका छन् । उनीहरुले चौधरीलाई कारवाही गर्न माग गर्दै नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । बुधवार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा महिलाहरुकै अपमान हुने गरी जथाभावी अप शब्द बोलेर त्यस्तो गरेको बताइएको छ ।
सो क्रममा मेयर चौधरीले नगर प्रहरीसमेत लगाउने ध म्की दिएको भन्दै ती दर्जन संस्थाहरुले विरोध जनाएका हुन् । स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरुलाई त्यस्तो भएको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध जनाएका हुन् ।
हेर्नुहाेस बिज्ञिप्तः
आफ्नो प्रतिक्रिया दिनुहोस् !