त्यसो त लमीको कारणबाटै दुःख भोग्नु परेको उदाहरण पनि छन् । चोभारस्थित सरिता कर्माचार्य (नाम परिवर्तन) विवाह लमीकै कारण झुक्याएर विवाह भयो ।
त्यतिबेलाको घटनाको स्मरण गर्दै कर्माचार्य भन्नुहुन्छ, “घरमा लमीले कुरा लिएर आउनुभयो, केटा इन्जिनियर हो, देवर कम्प्युटर इन्जिनियरिङ अध्ययनरत, सासू विद्यालयको प्रधानाध्यापक, ससुरा भने सरकारी जागिरबाट अवकास हुनुहुन्छ भनियो । उहाँले थप्नुभयो, “यस्तो राम्रो घरबाट कुरा आएपछि नदिने कुरा नै भएन, मेरो घरबाट कुरा चलाउन भनियो र विवाह पनि भयो । पछि थाहा पायो भनेको जस्तो केही पनि रहेन छ ।
श्रीमान् इन्जिनियर भनेको त साधारण विद्यालयमा पढाउने, देवर कलेजको बस चालक र सासू विद्यालयको कार्यालय सहयोगी, ससुरा रक्सी खाएर सधैँ झगडा गर्ने ।” यसरी झुक्याएर विवाह गरेपछि पाँच वर्षसम्म सँगै बसेपछि धेरै नै गाह्रो भएपछि छोरालाई लिएर छुट्टिएर बसेको छु । पन्ध्र वर्ष भयो छुट्टिएर बसेको अहिले धेरै खुसी छु ।
टेलरिङ सञ्चालन गरेर घर चलाएको छु, कर्माचार्यले भन्नुभयो । भक्तपुर लोकन्थलीकी रत्नदेवी हेक्का निराश हुनुहुन्छ । उहाँले वर्षौंदेखि गरी आउनुभएको काम अहिले ठप्प छ । उहाँले बिहेको मौसममा लमीको काम गर्नुहुन्थ्यो । गएका ३० वर्षयता फुर्सदका बेला लमीको काम गर्दै आएको पनि सुनाउनुभयो । यो समाचार गोरखापत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार यलु जोशीले लेखेका हुन्।
कुनै बेला एक लगनमा पाँच जोडीको विवाह गराउनुभएको थियो उहाँले तर अहिले भने मुस्किलले दुई–तीन वर्षमा एक जोडीको विवाह गराउनुहुन्छ । कुनै समय भक्तपुरमा पनि लमी अर्थात् बिहेको कुरा मिलाइदिने व्यक्ति अनिवार्य चाहिन्थ्यो । अचेल लमीको चलन हराउँदै जान थालेको छ । कतिसम्म भने अचेल लमीको काम विभिन्न सामाजिक सञ्जालले नै गर्न थालेकाले लमी नै नचाहिने हेक्काको दाबी छ ।
हेक्का भन्नुहुन्छ, “अहिले केटाकेटी दुवै कलेज पढ्दा पढ्दै मन पराइसकेका हुन्छन् । अहिले केटालाई केटी खोज्नु पर्दैन । केटीलाई केटा खोज्नु पर्दैन । केटाकेटी दुवैले मन पराइराखेका हुन्छन् ।
अनि हाम्रो के काम ?’ तुलाधर भन्नुहुन्छ, “पहिला घरैपिच्छे लमी थिए किनभने नेवारी समुदायमा जीवनमा एक पल्ट लमी बन्नुपर्छ, यसो गर्दा धर्म कमाइन्छ भन्ने मान्यता थियो । लमी बनेर एक जोडीलाई विवाह गरायो भने त्योभन्दा ठूलो धर्म अरू हुँदैन भन्ने मान्यता थियो । अहिले चाहिँ लमीको काम घटेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !