एजेन्सी । दसैं सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही बढेपनि सोमबारदेखि घट्न थालेको हो । दसैंको समयमा खासगरी गोलभेंडा, काँक्रो, काउलीलगायतका केही बस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो ।
दसैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताले गुनासो गरेका थिए । तर, दसैं सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए । उनले माग सामान्य हुँदै गएकाले मूल्य पनि विस्तारै समान्यकरण हुँदै गएकाले भाउ घट्ने क्रम जारी रहेको बताए । गोलभेंडा, काउली, बोडीलगायतका केही तरकारीको मूल्य घटिसकेको पनि उनले बताए ।
उपनिर्देशक श्रेष्ठले यसवर्ष बढी वर्षा भएकाले किसानको बालीनालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकाले मूल्य वृद्धि भएको दावी गरे । यस्तै, हाल भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दसैंको समयमा मूल्य बढेको उनले बदावी गरे । दसैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठसय टनसम्म समान भित्रिएको थियो ।
अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाइ छ । दसैं, तिहारलगायतका चाडपर्वको बेला व्यापारीले हरेको सामानको अत्याधिक मूल्यवृद्धि गर्ने गरेको छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमन गरेपनि व्यापारीहरुले भने हरेक वर्ष हरेक सामान्यको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !