यही सोमबार अफगानिस्तानबाट सैन्य बिमानको चक्कमा लुकेर यात्रा गर्ने क्रममा आकाशबाट झ’रेका तीन जनामध्ये एकजनाको फुटबल खेलाडी भएको बताइएको छ । तालिबानी लडाकुको त्रासका कारण सैन्य विमानको चक्कामा लुकेर यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमका खेलाडी जाकी अनवारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तालिबानी लडाकुले अफगानिस्तान कब्जाका लिएपछि अमेरिकी आर्मीको विमानमा लुकेर सुरक्षित देशतर्फ जानेक्रममा उनको निधन भएको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।
सोमबारमात्र तीन जना अफगानी नागरिक उडिरहेको विमानबाट ख’से’का थिए । सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू काबुल सहरको माथि उड्दै गरेको विमानबाट खसेका थिए । केही व्यक्तिको शव स्थानीयको घरको छ’तमा ख’सेका थिए । विमानबाट खस्नेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तान फुटबल महासङ्घले जनाएको छ ।
हामिद कर्जायी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेला भएका हजारौँ जनताबीच अनवारीसमेत थिए । उनी पनि तालिबानी लडाकुबाट जोगिन सुरक्षित देश जाने प्रयासमा थिए । सेनाको सी–१७ विमानबाट सुरक्षित स्थानको खोजीमा निस्किने प्रयासमा रहेका उनको आकाशमा उडिरहेको विमानबाट ख’ सेर निधन भएको हो ।
तालिबानले अफगानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिकहरू देश छा’डेर भागिरहेका छन् । पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धार गर्न थालेपछि अफगान नागरिकहरू पनि काबुलस्थित विमानस्थलमा पुगेका थिए । सोमबार अमेरिकी एयरफोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिसहरू कुद्दै गरेको र केही विमानको चक्कामाथि झु’न्डि’एर ब’सिरहेको भिडियो बाहिर आएको थियो ।
सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडिओमा मानिसहरु विमानमा चढ्नको लागि तँ’छाड’मछाड गरिरहेको देखिन्छ । तालिबानको तथ्याङ्कअनुसार काबुल विमानस्थल र त्यसको वरिपरि गत आइतबारदेखि बुधबारसम्ममा १२ जनाको मृत्यु भएको हो ।
हेर्नुहाेसः
This just broke my heart.💔 Person clinging to the flight tyres just to escape their homeland and fall off from the sky and die, who would have expected such a death. Prayers and prayers only for all those people. #Afghanistan
🙏🙏🙏🙏pic.twitter.com/WyqPUUg5dy— ChimChim⁷ 💜🥺 (@Bangtanniiees) August 16, 2021
आफ्नो प्रतिक्रिया दिनुहोस् !