काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउसंगै युरोको भाउ पनि घटेको छ ।
जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको थियो भने आज ११ पैसाले घटेको छ । यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो । यसैगरी आज १२ पैसाले घटेर युरो एकको खरिदमा १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको आइतबार खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८७ पैसा कायम गरिएको छ ।
बिस्तारमा हेर्नुहोस्
© Forex Nepal
आफ्नो प्रतिक्रिया दिनुहोस् !