काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच बर्ष अघि मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
सुनसरी इनरुवा, राम्-धुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको हो । आचार्य विगत पाँच बर्षदेखी मलेसियामा कार्यरत रहेका थिए । भनेजस्तो काम नभएको कारण कम्पनी परिवर्तन गरेर अबैधानिक मलेसिया बस्दै आएका आचार्य अवैधानिक भएकै कारण घर समेत नगई लामो समयदेखि मलेसियामै कार्यरत रहेको हुनसक्ने बताइएको छ ।
उनि मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका थिए । मलेसियाबाट अविरल बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको हिजो सुतेकै अवस्थामा मृत्यु भएको छ । मृतक अवैधानिक रुपमा मलेसिया बस्दै आएको हुनाले उनको शव यथासक्य नेपाल फर्काउन समस्या हुनसक्ने हुँदा सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दुतावास र नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।
शेखर समूहको छुट्टै छलफल : कांग्रेस प्रतिपक्षीमा बस्ने वा राष्ट्रपति पाउँछु भनेर दौडने ?
काठमाडौं : नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकले सरकारलाई विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको छ । आइतबार काठमाडौंमा बसेको सो पक्षको भेलाले विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको र अब सदनमा सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो ।
सरकारलाई विश्वासको मत दिएपछि अब स्पष्ट रुपमा पार्टीले कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा अधिकांशको जोड रहेको कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए । यसअघि गठबन्धन गरेर नै निर्वाचनमा गएको कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बन्ने बेला गठबन्धन टुट्नु कमजोरी भएको उनको भनाइ छ । उनले कांग्रेस प्रतिपक्षीमा बस्ने वा राष्ट्रपति पाउँछु भनेर दौडने भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए।
आफूहरुको छलफल कसैप्रति लक्षित नभएको र पार्टीलाई बलियो बनाएर अघि बढाउनका लागि भएकाले आगामी संसदको बैठक र केन्द्रीय कार्यसमिति बैठक अघि ठोस निष्कर्ष निकाल्ने भण्डारीले बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस् !