बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा १९ वटा निर्जीवन तथा जीवन बिमा कम्पनीले मर्जरमा जाने सहमति गरेका छन् । यसमध्ये केहीले एकीकृत कारोबार सुरू गरिसकेका छन् ।
हिमालयन इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरू गरेको छ । यस्तै, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्जरपछि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार सुरू गरिएको छ ।
प्राधिकरणका अनुसार १९ जीवन बिमा कम्पनीमध्ये ९ वटाले एकापसमा गाभ्ने, गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तीमध्ये सूर्या र ज्योति लाइफ इन्स्योरेन्सले मर्जरपछि पुस ७ बाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू गरेका छन् । यसपछि अन्य ७ जीवन बिमा कम्पनी मर्जरका लागि प्रक्रियामा रहेका छन् ।
यसअनुसार प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफले गत वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, सगरमाथा र लुम्बिनी, महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्जरको प्रक्रियामा रहेका छन् । निर्जीवन बिमा कम्पनीतर्फ विभिन्न ६ कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । १० वटा निर्जीवन बिमा कम्पनीहरूले एकआपसमा मर्जरमा जाने सहमति गरेका थिए ।
जसअनुसार हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरू गरिसकेका छन् । अन्य ६ कम्पनी भने मर्जरको प्रक्रियामा रहेका छन् । प्रक्रियामा रहनेहरूमा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड र अजोड इन्स्योरेन्स रहेका छन् । अजोडले प्रभुसँगको मर्जर तोडिएपछि यूनाइटेडसँग मर्जरमा जानेगरी तयारी गरिरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !