काठमाण्डौं : अझै पनि नेपाली समाजले कमेडीलाई हाँसोकै रूपमा स्विकार्न सकिरहेकाे अवस्था छैन । कुनै पनि बिषयबस्तुलाई लिएर गरिएका कमेडीलाई सिर्फ कमेडीकाे रूप लिन सक्नु पर्ने हाे । नेपाली समाज यस्तो अवस्थामा पुगिसकेको छ कि कसैले राम्रो कुराकाे बर्णन गरिएकै भए पनि त्यसलाई तोडमोड गरेर नकरात्मक सन्देश जाने समेत बनाएर बाहिर ल्याउछन् ।
केहि समयदेखि नै सामाजिक सञ्जालमा चर्चित ब्यक्तित्वहरूकाे स्टाटसलाई लिएर समाचारको ब्यवसाय गरेर कमाउने धण्दा नै चलाएका छन् । साधारण रूपमा सचेतनात्मक तरिकाले लेखिएका स्टाटसलाई अनावस्यक बिषय बस्तुसँग जोडेर बिकाउ हेडलाइन राख्न पछि नपरेका घटनाहरू बारम्बार दोहोरिदै आएकाे छ ।
नेपालकै चर्चित कमेडि च्याम्पियन तथा कमेडियन भरतमणि पौडेलले व्यङ्ग्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गरे ‘दाइ तपाईंसँग सुत्नै डर मर्दो भोत? ‘कहिलेकाहीँ कार्यक्रममा सँगै परिन्छ, ठाउँ एड्जस्ट गर्नु पर्ला अनि …?’
तर यहि पोष्टलाई मिडियाहरूले गायिकाले म’हि’ना’वारी रोकिएको भन्दै म्यासेज पठाएको सँग जोडेर समाचारकाे हेडलाइन नै बनाउन पछि परेनन् । साथै उनको स्टाटसलाई लिएर पल शाह काण्डसँग जोडेर विभिन्न हेडलाइन बनाएर बिकाउ पत्रकारितामा तल्लिन भएकाे देखिन्छ ।
उक्त पोस्टपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका छन् ।
स्टाटस नै हेर्नुस्ः













आफ्नो प्रतिक्रिया दिनुहोस् !