एजेन्सी । भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।
याे पनिः गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु
काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ । गुजरातमा विषक्त मदिरा सेवन गर्दा अरु २० जना नै गम्भीर बिरामी भएको स्थानीय सञ्चारमाध्यमले जनँएका छन् ।
“बोटाड, भावनगर र अहमदाबादका अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,” द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ । मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण एवम् पोस्टमार्टम भइरहेको छ । “पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,” एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए ।
मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ । राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !