एजेन्सी ।
अहिलेसम्म मात्र १२ जना चन्द्रसतहमा पुग्न सफल भएका छन्। त्यसो भए पृथ्वीमै चारवटा साना–चन्द्रमा किन नबनाउने त! जहाँ १ करोड मानिसले चन्द्रमाकै जस्तो सतहमा हरेक वर्ष पाइला राख्न सकून्!
हो, यही अवधारणा हो ‘मून’को। यो एक विलासी रिसोर्ट हो जुन गोलाकार ७३५ फिट/२२४ मिटर अग्लो तथा आकर्षक डिजाइनयुक्त हुनेछ।यसको निर्माण लागत नै ५ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ। यो काम मून वर्ल्ड रिसोर्ट्स इन्क (एमडब्लूआर) ले गर्दै छ। यो आर्किटेक्चरल डिजाइन तथा बौद्धिक सम्पत्तिको लाइन्सेन्स दिने क्यानडेली कम्पनी हो।
विलासिता र भव्य आतिथ्यदेखि सभा–सम्मेलन गर्नेसम्मका लागि ध्यान केन्द्रित गरी मूनको डिजाइन गरिएको छ। तर त्यहाँ एक मुख्य आकर्षण हुनेछ– नयाँ खोजका लागि एउटा चन्द्र सतह।
‘यो सुपथ मूल्यमा साँच्चै अन्तरिक्ष पर्यटनमा सहभागी हुन चाहनेलाई दृष्टिगत गरिएको छ’, एमडब्ल्यूआरका सहसंस्थापक माइकेल आर हेन्डरसनले भने, ‘मूनले वार्षिक २५ लाख अतिथि–अन्तरिक्षयात्रीलाई यसको चन्द्रसतहमा लैजानेछ। अन्तरिक्ष पर्यटन सुरु हुँदा मूनको टाइमिङ सही छ।’ ‘मून’मा प्रवेश निःशुल्क हुनेछ तर मुख्य अनुभवको लागि भने ५ सय डलर तिर्नुपर्नेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !