प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन ।
अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाँ एक गर्लफ्रेण्डको लभ बाइटबाट उनका ब्वायफ्रेण्डको ज्यान गएको छ । समाचार अनुसार न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ वषर्ीया प्रेमिकाको साथ डेटिंगपछि आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए ।
अचानक उनको शरीरमा ऐठन हुनलाग्यो । उनलाई तिब्र रुपमा दुखाई महसुस भयो । उनलाई तत्कालै अस्पताल लगियो । डाक्टरहरुले उनको उपचार त सुरु गरे तर बचाउन भने सकेनन् ।
वास्तवमा प्रेमिकाको लभ बाइटबाट गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्क सम्म पुगेछ जसका कारण उनलाई मस्तिष्कघात भयो र मृत्यु भयो ।
गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार छिन् । अफ्रिकाबाट भारतहुँदै नेपाल आएको नाइरोबी किरा फैलिसक्यो, धेरै कष्ट दिन्छ, कि ज्यानै लिन्छ !
‘नाइरोबी फ्लाई’ नामक किराको जोखिम
तनहुँ । केहिदिन देखि तनहुँ जिल्ला आसपासका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ (Nairobi fly) नामक किराको जोखिम बढेको भन्दै स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले सजगता अपनाउन आग्रह गरेको छ।
केन्द्रले पछिल्लो समय यस क्षेत्रबाट उपचारका लागि आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्तो देखिने समस्या लिएर आउने गरेको र जसको मुख्य कारण नाइरोबी फ्लाई नामक किराले टोक्दा यसको एसिडका कारण हुने जनाएको छ।
केन्द्रका अनुसार भारी वर्षा भएर पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा यो किरा झ्याल ढोकाबाट प्रवेश गर्ने र यो किरासँग छोइदा पनि एसिडले पोलेको जस्तो छालामा जनै खटिरा जस्तो घाउ हुने गर्दछ।
यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा नाईरोबी फ्लाईको प्रकोप देखिएपनि अहिले पहाडी क्षेत्रमा यो किरा देखिन थालेको हो। यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको केन्द्रले जनाएको छ ।












आफ्नो प्रतिक्रिया दिनुहोस् !