काठमाडौं । बागलुङ केन्द्र विन्दु भएर बुधबार बिहान तीन वटा भूकम्प गएको छ । बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भएर तीन वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ
बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो ।
बागलुङको अधिकारी चौर आसपास केन्द्र विन्दु भएर बिहान १ बजेर २३ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलमो भूकम्प गएको हो । यस्तै, बिहान २ बजेर ७ मिनेट जाँदा बाग्लुङकै खुंगा आसपास केन्द्र विन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसपछि बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर नै केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको झड्का छिमेकी जिल्लाहरुका साथै भारतीय सीमासम्मै महसुस गरिएको थियो । यी दुवै भूकम्पबाट कुनै क्षति भएको खबर भने आएको छैन ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !