डडेल्धुरा,जेठ ५ । गत बर्ष कोरोना माहामारिका समयमा बिभिन्न सहयोग गर्दे आएको भक्त बिबि हेल्पिङ ह्याण्डस फर ह्युमिनिटी नामक संस्थाले यस बर्ष बिभिन्न स्वास्थ्य संस्थाहरुलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउंदै आईरहेको छ।
आईतबार डडेल्धुरा समेत प्रदेशका बिभिन्न अस्पतालमा १ सय २० सिलिण्डर उपलब्ध गराएकोमा बुधबार स्थानीय साझेदार संस्था श्री बहादुर खड्क स्मृर्ति प्रतिष्ठानको सहयोगमा ४६ वटा सिलिण्डर उपलब्ध गराईएको प्रतिष्ठानका सचिब तेज बहादुर भण्डारीले बताए।
बुधबार डडेल्धुरा अस्पतालका लागी ४१ थान , पाटन स्वास्थ्य चौकिका लागी २ थान र नेपाली कांगृेस डडेल्धुराले सञ्चालन गरेको सेवा दलका लागी ३ थान सिलिण्डर उपलब्ध गराईएको भण्डारीले बताए।
पछिल्लो समयमा अक्सीजनको अभावमा कोरोनासंक्रमित बिरामीहरुको ज्यान जान थालेपछी संस्थाले सुदुरपश्चिमका बिभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सीजन सिलिण्डर उपलब्ध गराउंदै आएको छ।
केहि तस्विरहरू















आफ्नो प्रतिक्रिया दिनुहोस् !