एजेन्सी ।
हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गरिएमा त्यो घरमा शान्ति छाउँदै । ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले ती महिलाका धेरै गुणहरुबा बारेमा थाहा पाउन सकिन्छ । यी अं ग ठूलो भएका महिला भाग्यमानी हुन्छन–
कपाल– लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन्। हात– शरीरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ। घाँटी– शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ।
कान– शरीरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयु लामो र निकै भाग्यमानी हुने गर्छन। खुट्टा– ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् । नाई-टो– ठूलो वा ग हिरो ना-ई टो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन् ।
यो पनि- पुरूषलाई पटक्कै मनपर्दैन महिलाका ८ बानी
महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन भने महिलालाई मन पर्दा पुरुषलाई मन पर्दैन ।यहाँ पुरुषलाई मन नपर्ने महिलाका यि स्वाभाव आनीबानीका बारेमा चर्चा गरिएको छ ।
महिलाहरु खित्का छाडेर हास्न मन पराउँछन् । हास्नु राम्रो कुरा पनि हो । तर कतिपय बेला उनीहरुले दिने हाँसोले पुरुषको रिसको पारोलाई ह्वात्तै तत्काउने गर्छ । जव आफुले गरेका ग ल्ती ढाक्न या लुकाउनका लागि उनीहरुले हाँसेर टार्ने प्रयास गर्छन, त्यतिवेला प्रायः पुरुषलाई उनीहरुप्रति निकै रिस उठ्ने गर्छ ।
धेरैजसो महिलाहरु बेतुकका कुराहरुलाई पनि उठाइरहन्छन् । उनीहरुले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् ।
महिलाहरु आफ्नो सौन्दर्य प्रति अति नै चिन्तित हुन्छन् । कतिसम्म भने उनीहरु आफ्नै सौन्दर्यप्रति समेत विश्वस्त हुन सक्दैनन् । कारण,महिलाहरु बारबार आफ्नो सौन्दर्यताको निगरानी गरिरहन्छन् । उनीहरु कुनै पुरुषसँगको भेटघाट या बाहिर कतै गएर आएपछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइहाल्छन् । जुन पुरुषलाई पटक्कै मन पर्दैन ।
अधिकांश महिलाहरु आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्न छुटाउँदैनन् । जव पार्टी वा अन्य भेटघाटमा जानै पर्नै हुन्छ त्यतिबेला उनीहरुले कम्तीमा पनि दश पटक अनुहार चम्काउने पाउडर दल्छन् र नखरा पार्छन । त्यसपछि गाडीमा बस्दा होस् या उठ्दा,हरेक पटक आफ्नो अनुहारमा मेकअप गर्नैपर्छ ? यस्तो हर्कतले पुरुषलाई महिलाले कहिल्यै नचिताएको सास्ती दिन्छ ।
महिलाहरु ठुला झोला बोक्न मन पराउँछन् । तर पुरुषहरुलाई उनीहरुले बोक्ने त्यस्ता ठुला झोलाहरुले उनीहरुप्रति दिक्दारी बढाउने काम गर्छ । अर्कातर्फ पुरुषहरुलाई उनीहरुले बोक्ने ठुला झोलाहरुमा के छ भन्ने जिज्ञासा पलाउँछ, र केटीले बोक्ने त्यही झोला केटाहरुका लागि रहस्यको पोको हुन्छ । तर उनीहरु अक्सर जिज्ञासा मेटाउन असफल हुन्छन् । जसले गर्दा उनीहरुलाई केटीले बोक्ने त्यस्ता झोला प्रति बि तृष्णा जाग्छ ।
महिलाहरु सरसफाइमा बिशेष ध्यान दिन्छन् । तर कतिपय बेला उनीहरु अनाबश्यक सरसफाइका काममा लागेर पुरुषलाई सताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराव गराउँछ ।
महिलाहरु पहिरनका निकै नै सौखिन हुन्छन् । कतिसम्म भने उनीहरु दिनमै कयौं पटक आफ्ना पोशाक परिबर्तन गर्न उत्सुक देखिन्छन् । यस्तो पुरूषलाइ मन पर्दैन ।
महिलाहरु यदि कसैले उनीहरुको इच्छाविपरितको काम गर्न खोज्यो भने उल्टो प्रतिक्रिया दिने स्वभावका हुन्छन् । उनीहरु त्यस्तो बेला आफुलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्रभित्रै जल्छन् । जुन पुरुषलाई मन पर्दैन ।-
आफ्नो प्रतिक्रिया दिनुहोस् !