एजेन्सी । दण्ड र न्यायका देवता शनिदेव खुसी भए भाग्य बदल्छन् र क्रोधित भए भाग्यको हरेक ढोका बन्द गरिदिन्छन् ।
यही कारणले गर्दा मानिसमा शनिदेवसँग धेरै डर हुन्छ । शनिदेवले न्याय गर्दा मानिसको कर्मको पूर्ण फल दिने र गलत काम गरेमा छिट्टै क्रोधित हुने जनविश्वास रहेको छ ।
शनिदेवको आशीर्वाद प्राप्त गर्न मानिसहरु विभिन्न किसिमका अनुष्ठानहरु गर्छन् । तर कतिपय कुरा यस्ता हुन्छन् जुन जानीजानी वा नजानेर हुने गर्दछ । त्यसैले शनिबारको दिन भूलवश पनि गर्न नहुने केही कामहरु छन् ।
शनिबारको दिन कहिल्यै फलामको सामान किन्नु हुँदैन। फलामलाई शनिको धातु मानिने भएकाले यसलाई अशुभ मानिन्छ ।
यस दिन शनिसँग सम्बन्धित कुनै पनि चीज किन्नु हुँदैन, बरु यस्ता चीजहरू दान गर्नुपर्छ। तर यी चीजहरू पहिले नै किन्नुहोस्।
शनिबार तोरीको तेल नराख्नुहोस्। यो शनिदेवलाई अवश्य चढाइन्छ तर यस दिन किन्नु उचित मानिदैन यसका कारण जीवनमा रोग लगायतका धेरै समस्या आउने गर्दछ ।
गल्तीले पनि शनिबार कालो दाल नकिन्नुहोस् तर दान अवश्य गर्नुहोस्। यसका लागि पहिल्यै दाल ल्याएर घरमा राख्नुहोस्।
शनिबार कोइला किन्ने गल्ती नगर्नुहोस् । तपाईको हरेक काममा बाधा आउनेछ ।
शनिबारको दिन नुन पनि किन्नु हुँदैन । यसो गर्दा परिवार ऋणको बोझले दबिन्छ भनिन्छ । आर्थिक समस्याको सामना गर्नुपर्नेछ ।
शनिबार कालो कपडा लगाउनुपर्छ तर किन्नु हुँदैन । कालो वस्त्र धारण गर्नाले शनिदेवको नराम्रो नजर नलाग्ने जनविश्वास रहेको छ ।
यदि तपाई शनिदेवको आशीर्वाद प्राप्त गर्न चाहनुहुन्छ भने आजको दिन नङ र कपाल न काट्नुहोस् ।
शनिदेवलाई न्यायको देवता भनिन्छ। त्यसैले शनिबारको दिन कसैलाई पनि गलत व्यवहार नगर्नुहोस् ।
शनिबारको दिन मदिरा र मासुबाट टाढा रहनुपर्छ । शनिबारको दिन गल्तीले पनि ढिलोसम्म नसुत्नुहोस्। यस दिन सूर्योदय अघि उठेर पूजा गर्नुहोस्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !