कविता (भावना)
———–
शब्द को जहाँ बगैंचा छ,
जहाँ बगि रहन्छ छन्द को नदी,
शब्द को मणी बटुलेर्,
पृष्ठ को आँचल मा भरि रहन्छु,
कवि त होईन् म,
भावना हरु समेटेर्,
शब्द लाई सिलाई रहन्छु,
दुःख को लहरो बाट्,
प्रेम को बतास बाट्,
जीवन गीत मा भरि रहन्छु,
कवि त होईन् म,
भावना हरु समेटेर्,
शब्द लाई सिलाई रहन्छु,
जीवन को घडी,
सम्झना को पाहाड लाई,
नीलो मसी ले रंगीन गरि रहन्छु,
कवि त होईन् म,
भावना हरु समेटेर्,
शब्द लाई सिलाई रहन्छु,
यो त पाठक को हुनर हो,
खोजी हाल्छन भाव,
खोजी हाल्छन अर्थ,
मेरो निर्थक,
अभिशप्त
लेखनी मा ।
हेमलाल जोसी (घिमिरे)
joshihemlal2@gmail.com
गुवाहाटी,असम
आफ्नो प्रतिक्रिया दिनुहोस् !