सिड्नी—अस्ट्रेलियामा यौ’न दु’र्व्य’वहारपीडित एक महिलाले आफूमाथि प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आएको गुनासो गरेकी छिन् ।
अष्ट्रेलियाली कार्यकर्ता तथा यौ’न दु’र्व्य’वहारका लागि बाँचेकाहरुका लागि वकालत गर्ने ग्रेस टेमले सरकारले वित्तीय सहयोग गरेको संगठनका एक वरिष्ठ सदस्यको धम्कीपूर्ण फोन आएको गुनासो गरेकी हुन् । फोनमा उनलाई ती सदस्यले प्रधानमन्त्री स्कट मोरिसनबारे नकरात्मक विषय नभन्ने प्रतिबद्धता माग गरेका थिए ।
यसअघि प्रधानमन्त्री मोरिसनले संसदमा यौ’न दु’र्व्य’वहारकाे गुनासो गर्ने पूर्व राजनीतिक कर्मचारी ब्रिटेनी हिगिन्सलगायतसँग माफी मागेका थिए । बुधबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा दुरुपयोग र शक्तिबारे हिगिन्स र टेम सँगसँगै थिए । सो फोन कुराकानीबारे केही थाहा नभएको भन्दै त्यस विषयमा छानविन गर्ने सरकारले जनाएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग माफी मागेका छन् । यी महिलाले एक नाम नखुलाइएका व्यक्तिमाथि संसद भवनमा आफूमाथि ब’ला’त्कार गरिएको भनी आरोप लगाएकी छिन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !