एजेन्सी । अमेरिकामा एक नेपाली उबर चालक माथि तीन जना महिला यात्रुले गरेको अ भ द्र ब्यवहार सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली चालकले माक्स लगाउन अनुरोध गर्दा ति महिला यात्रुले यस्तो ब्यवहार गरेका हुन् । गत आइतबार ३२ वर्षीय शुभाकर खड्कामाथि भएको घटना सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको छ । तीन जना चालक मध्य एक जना महिलाले माक्स नलगाएपछि उनले माक्स लगाउन अनुरोध गरेको अमेरिकाको न्युज संस्थालाई बताएका छन् ।
माक्स लगाए मात्र सेवा दिने भन्दै गाडी रोकेपछि ति महिला शोभाखर माथि जा इ ला गेको भिडियोमा देख्न सकिन्छ ।सुरुमा माक्स नलगाए पनि वाटोमा किनेर लगाउलिन् भनेर आफुले माक्स बेच्ने पसल देखेपछि गाडी रोक्दा उनी माथि यस्तो भएको हो । उनीहरुले शुभाकरमाथि खोकेको प्रष्ट देखिन्छ । गाडीवाट झरेपछि पनि ति महिलाहरुले खु र्सानीको धु लोवा ला स्प्रे छ र्केको बताएका छन।
कारमा रहेको क्यामराबाट खिचिएको दृश्यमा एक महिला यात्रुले उनीमाथि खोकेको, उनको मोबाइल खो स्न खोजेको, मा स्क चुँ डालिदिएको देखिन्छ । महिलाहरु क रा इ रहँदा उनी चुपचाप बसिरहेको देखिन्छ । एक जना महिलाले मोवाइल खोस्न लागेपछि उनले आफ्नो सम्पत्तीमा हात नलगाउन भनेका छन् ।
शुभाकर आठ वर्षअघि नेपालबाट अमेरिका पुगेका हुन। त्यहाँको कमाईले उनले नेपालमा रहेको आफ्नो परिवारको जोहो गर्ने गर्छन। स्थानीय प्रहरीका अनुसार ती महिलाहरु अझैपनि फ रार छन। शुभककरको सहयोगका लागि भने गोफन्डमीमा सहयोग अभियान सुरु भएको छ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !