चीनको सान्सी प्रान्तीय सत्तारुढ कम्युनिष्ट पार्टीका पूर्वसचिवलाई अदालतले घु’स लिएको अभियोगमा मृ’त्युद’ण्डको फैसला सुनाएको छ । सचिव चाओ चङ्योङ् झण्डै १३ अरब १७ करोड रुपैयाँ बराबरको घुस प्रकरणमा मु’छिएको आ’रोप पुष्टि भएसँगै यति ठूलो द’ण्ड सजायँ तोकिएको हो ।
१२ औं नेशनल पिपुल्स कँग्रेस (संसद्) को आन्तरिक तथा न्यायिक समितिका उपाध्यक्ष एवम् सान्सी (ऐतिहासिक सिल्क रुटको प्रस्थान विन्दु र टेराकोटा संग्रहालय रहेको सियान शहर) का प्रान्तीय कमिटी सचिव चाओले थि’ए’न्चिन नगरपालिकास्थित नम्बर १ जनअदालत सामुन्ने आफ्नो अ’परा’ध स्वीकारेको बताइन्छ ।
प्राप्त समाचारअनुसार अदालतसमक्ष पुनरावेदन गरेमा सजायँ दुई वर्षसम्म निलम्बन हुनसक्ने छ । साथै जीवनभर राजनीतिक अधिकारबाट वञ्चित हुनेगरी निजी सम्पत्ति सबै ज’फत गरेर आजन्म कारावासको सजायँमा पनि परिणत हुन सक्छ । तर चाओले आफूले अदालतको निर्णय पालना गर्ने तर कहिँ कतै पुनरावेदन भने नगर्ने बताएका छन् ।
चाओले सन् २०१५ मा नेपाल भ्रमण गरेका थिए । उनलाई त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिनुभएको थियो भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग त औपचारिक भेट नै भएको थियो । उनै चिनियाँ नेतालाई भ्रष्टाचारको आरोपमा जुलाई ३१ का दिन मृत्युदण्डको सजायँ सुनाइएको हो । श्रोत जनआस्था
आफ्नो प्रतिक्रिया दिनुहोस् !