(गजल)
भेट्ने रहर गर्यो मनले,जाउॅ कसोगरी
तिमीले नबोलाए सम्म ,आउॅ कसोगरी।
डेरा मेरो ओरालीमा छ,तिम्रो उकालिमा
उकाली र ओराली पनि धाउॅ कसोगरी।
तिम्रै लागी लेखे मैले मायालुका गीत
सुर संग ताल नभए गाउॅ कसोगरी।
दिन-रात तिम्रो यादमा बसे भोक-भोकै
तिमी बिना मन मान्दैन खाउॅ कसोगरी।
नीता गुरूंग भाटिय़ा
✍️। गुवाहाटी असम।
आफ्नो प्रतिक्रिया दिनुहोस् !