एजेन्सी । अमेरिकी गुप्तचरका गोप्य कागजात ‘लिक’ गरेको आरोपमा वायुसेना नेसनल गार्डका एक जना सदस्य पक्राउ परेका छन् ।
२१ वर्षीय ज्याक टेक्सेरा नाम गरेका युवकले अनलाइन गेमिङ च्याट समूहमा फाइलहरू लिक गरेका हुन् । अमेरिकी अधिकारीले उनलाई जासुसी ऐन अन्तर्गत अभियोग लगाइने र गोप्य जानकारी प्रसारण गर्ने अपराध गरेको मुद्दा लाग्ने बताएका छन् । ति कागजातमा युक्रेन युद्ध र विश्वका अरू देशहरूमाथि अमेरिकाको गोप्य जानकारी रहेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी अधिकारीले बिहीबार टेक्सेरालाई घरबाटै पक्राउ गरेको तस्बीर बाहिरिएकाे छ । युक्रेन युद्धकाे बारेमा हालै चुहिएका दस्तावेज मध्ये एकले युक्रेनभित्र युकेसहितका कैयौं देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । १ वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ ।
२३ मार्चको लेखिएको उक्त दस्तावेजका अनुसार यूकेले सबै भन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ । त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन् । उक्त दस्तावेजले ति फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्ने बारेमा खुलाएको छैन ।
यता युक्रेनले भने यस्ता विषयमा आफ्नो विशिष्ट नीतिकै लयमा रहेर युकेको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन । तर मंगलबार एक ट्विटमार्फत गोप्य सूचना भनिएका चुहावटमा ‘गम्भीर तहका गल्ती’ देखिएको मन्त्रालयले जनाएको छ । कुन खास दस्तावेजलाई मन्त्रालयले त्यसरी इङ्गित गरेको भनेर थप बताएको छैन ।
यद्यपि ति दस्तावेजहरू वास्तविक रहेको भन्दै पेन्टागनका अधिकारीहरूलाई उदृत गरिएकाे छ । युक्रेनमा दुवैतर्फ भएका मानवीय क्षतिको विवरण राखेको एक दस्तावेजका संख्या तोडमोड गरिएको देखिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !