बलिउड एजेन्सी ।
बलिउडका संगीत निर्देशक बप्पी लहरीको मंगलबार राति ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई स्वास्थ्यमा समस्या आएपछि मंगलबार नै अस्पताल भर्ना गरिएको थियो । उनमा गत वर्ष कोरोना संक्रमण पुष्टि भएको थियो ।
संगीत क्षेत्रमा बप्पीलाई ‘डिस्को किंग’ले समते चिनिन्छ । उनको खास नाम अलोकेश लाहिडी थियो । बप्पी लहरी संगीतको साथसाथै सुन पहिरिने स्टाइलले पनि परिचित थिए । बप्पीको निधनपछि अस्पतालले बयान जारी गर्दै उनमा अब्सट्रक्टिभ स्लीप एप्निया र छातीमा संक्रमण रहेको बताएको थियो ।
उनको उपचार डा. दीपक नामजोशीले गरेका थिए । बप्पी २९ दिनसम्म जुहुको क्रिटी अस्पतालमा भर्ना भए । त्यसपछि १५ फेब्रुअरीमा डिस्चार्ज भएका बप्पीलाई डिस्चार्ज गरियो । घरमै रहँदा उनको स्वास्थ्य थप बिग्रन पुग्यो र गम्भीर हालतमा अस्पताल ल्याइयो र गएराति करीब १२ बजे उनको निधन भयो ।
बप्पीको जन्म २७ नोभेम्बर १९५२ मा कोलकतामा भएको थियो । बप्पीले फिल्मी जगतमा ४८ वर्ष बिताए । उनले करीब ५ हजार गीतहरु सिर्जना गरे । जसमा हिन्दी, बंगाली, तमिल, तेलूगु, मलयालम, कन्नड, गुजराती, मराठी, पञ्जाबी, उडिया, भोजपुरी, आसामीका साथै बंगलादेशको फिल्म एवं अंग्रेजी गीतहरु पनि सिर्जना गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !