कविता=आज मैं रमाउॅ।
आज फेरी चाहनालाई मनमा जगाउॅ
तोड़ी सारा बाधा बंधन प्रितमा समाउॅ।
न रोकेथ्यो न रोक्न सक्छ प्रेमको हुरीलाई
कोही छ कि प्रेमको हुरीलाई रोक्ने मलाई बताउॅ।
जानी नजानी दिएर गयौ मुटुभरी घाउ
उपचार यसको कसरी गरूॅ उपाय केही बताउॅ।
तिमी बिना मेरो, म बिना तिम्रो कुनै अर्थ नै छैन
निरर्थक जीवनलाई सार्थक पारि संग-संगै रमाउॅ।
कहिले त छाटीनेछ विरहको बादल मनमा यो आशा छ
पीर नगरी भोलीको आशमा,आज मै रमाउॅ।
💐💐
नीता गुरूंग भाटिय़ा।
गुवाहाटी, असम।
भारत।
आफ्नो प्रतिक्रिया दिनुहोस् !