कविता: एउटा प्रश्न जीवन संग।
उड़यो रंग जीवनको
ऑखाबाट सपना बगेर गयो।
लुप्त भए सबै खुशी
जिउने ईच्छा खोक्लो भयो।
रूष्ट भएर म संग कोई
मेरै आफन्त टाढ़िए
दिन कै उज्यालोमा हेर….
औशीको रात छायो।
मनमा उठेका ती रहरहरू
नदीको भेलले बगायो।
बुझ्न चाहे जीवनलाई सामु गएर
मैले के बिराऍ सोध्न चाहे।
गुनासो सबै मलाई भने हुन्थ्यो
आफ्नो नमाने पराया ठाने नि हुन्थ्यो ।
के कमी देख्यौ मेरो ब्यक्तित्वमा…?
जे-जति थियो,के प्रयाप्त थिएन….?
आज पनि यही प्रश्नले मलाई नियली रहेको छ। ।
💐💐✍️
नीता गुरूंग (भाटिय़ा)।
गुवाहाटी, असम
भारत।
आफ्नो प्रतिक्रिया दिनुहोस् !