कविता (सताई रहेछ)
आज पनि हामीले
बिताएका ती
दिन र रात को
सम्झनाले
उनलाई सताई रहेछ।
मेरो यादमा उनि
निद्रामा झस्केर बिउजिन्छन।
म उनिलाई याद गर्छु कि गर्दीन
यही सोचले उनलाई सताई रहेछ।
उनि संग प्रतिपल
म नभएको आभासले
उनि पिड़ित हुन्छन
हृदय उनको भेट्नलाई
ब्याकूल हुन्छ
म नि ब्याकूल छु, छैन
यही सोचले उनलाई सताई रहेछ।
आज पनि उनि
याद गर्दै बस्छन
बर्खामास झरिमा
रूझी बिताएॅका
ती मिठा पलहरू
जाॅड़ोमा संगै बसी आगो तापी
पिड़िमा बसेर काटेका ती रात
मलाई याद होला कि नहोला…,
यही सोचले उनलाई सताई रहेछ।
ऑखै -आँखामा काटे होलान सारा रात जागेर
अति गर्दा नि भुल्न सकेनन जिउॅनुको सार पाएर।
आज पनि म फर्की आउॅने आशले
आफुमा मलाई खोजि रहन्छन।
कतै मैले बिर्सि त गईंन …..?
यही सोचले उनलाई सताई रहेछ।
नीता गुरूंग (भाटिय़ा)।
गुवाहाटी, असम।
३०/५/२०२१
आफ्नो प्रतिक्रिया दिनुहोस् !