काठमाडौं । गीतकारबाट चलचित्र निर्देशनमा अघि बढेका शंकर अधिकारी घायल नेपाली चलचित्र क्षेत्रको लागि एउटा परिचित नाम भईसकेको छ । त्यसो त निर्देशक शंकर अधिकारी घायल नेपाली सांगीतिक क्षेत्रको लागि एक प्रसिद्ध गीतकारको नामले पनि चिनिन्छन् ।
थुर्पै आधुनिक र चलचित्रमा गीत लेखिसकेका शंकरको पहिलो गीत लोटेरो सिंहको स्वरमा र बालान्द राईको संगीत रहेको कर्मको खेल होकी भाग्यको खेल नियतीले हो । चलचित्र मैदानको तिम्रै आखा भित्र फुलिरहन्छौ हामी हो । उनका हिट गीतहरुमा सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, मुसुमुसु मुस्कुराएर मार्यौ, तिम्रो आखामा बस्ने रहर भो मलाई, लगायतका दर्जनौ हिट गीतका गीतकार अधिकारीले ३ सय भन्दा बढी चलचित्रमा गीत लेखेका छन् ।
आफुलाई एक सफल गीतकार र सफल चलचित्रकर्मिको रुपमा उभ्याउन सफल अधिकारीले एक दर्जन भन्दा बढी चलचित्रको लेखन र निर्देशन समेत गरेका छन् । उनले निर्देशन गरेका पहिलो चलचित्र मदहोस हो भने उनले लेखेको पहिलो चलचित्र मैदान हो । चलचित्र मदहोस, कस्मिक लभ, सत्यम शिव सुन्दरम, लभ जोन, काचुली, मेरो दिल छ पोखरामा आराम्भ, प्याकुली के माया लाग्छ र ,चुडिएको चप्पल देव रिभेन लगायतका रहेका छन् ।
हाल यो मेरो दिलको छायांकनमा व्यस्त रहेका अधिकारी यो लगत्तै चलचित्र फिदाको निर्देशनमा व्यस्त रहने छन् । मुलधारका चलचित्रमा मात्र नभएर भाषा भाषीका चलचित्रमा समेत काम गरेका उनले ३७ वटा तामाङ भाषाका चलचित्रमा लेखकको रुपमा आफुलाई परिचित बनाएका छन् । त्यस्तै १२ हजार जति सटफिल्मको लेखन निर्देशन गरेका अधिकारीको परिचय त्यतिमा मात्रै सिमित छैन् । उनी एक सफल नाटक लेखक पनि हुन् ।
उनले थुर्पै सफल नाटकहरु पनि लेखेका छन् । गीत लेख्दा लेख्दै लेखक निर्देशक बनेका शंकरको पहिलो निर्देशन यात्रा म्युजिक भिडियो मार्फत भएको उनी बताउछन् । मेरो दिलमा तिमीले छुरा चलायौ गीतबाट निर्देशन यात्रामा लागेका अधिकारीले यस पछि आङ्खनो कलाकारिता यात्रालाई फराकिलो मात्र बनाएन चलचित्र क्षेत्रलाई नै चलायमान बनाएको ठोक्कुवा गर्छन् । स्कुलले जीवनदेखि नै कलाकारितामा प्रवेश गरेका उनले स्कूलका कार्यक्रमहरुमा नाटक खेल्ने लेख्ने गर्दथे । २०४१ सालमा सुनसरीबाट अध्ययनको शिलसिलामा काठमाण्डौ आएका अधिकारीले त्यो बेला रेडियो नेपालका लागि गीति कथा लेख्दथे ।
रेडियोको गीति कथा लेखनबाट स्टेज नाटक लेख्दै चलचित्रमा व्यस्त बनेका उनी कलाकारिताबाट सन्तुष्ट छन् । २०४२ सालमा अधिकार बिना प्रेम नामक नाटक उनले लेखेको पहिलो नाटक हो । त्यस बेलाका चर्चित कलाकारहरु गोपालराज मैनाली ,सम्राट थापा, खेम शर्मा, परिचित ढुङगाना लगायतको अभिनय रहेको उक्त नाटकले उनको चर्चित नाटक मध्येमा पर्दछ । आङ्खनो नामको पछाडि घायाल लेख्दै आएका अधिकारी २०५३ सालमा बुबाको देहान्त पछि एक किसिमको पिडाको अनुभूति र बुबाको सम्झनामा घायल लेखेको बताउछन् । हास्य टेलि चलिचित्र मेरी बास्सैको टाईट गीतका गीतकार समेत रहेका घायल हाल चलचित्र यो मेरो दिलको काममा व्यस्त रहेका छन् ।
नेपाली समाजमा घटेका समसामायिक विषय वस्तुलाई चलचित्रको पर्दामा उर्तान खप्पिस मानिने अधिकारीको नया“ चलचित्र फिदा प्रर्दशनको तयारीमा रहेको छ । भने चलचित्र साम्राज्य र चोट निर्माणको तयारीमा रहेका छन् ।
सर्ट चलचित्र संगीतको धुन, रहरै रित्तीयो लेडी फाईरस १७ वर्षे जोवन पनि निर्माणको क्रममा रहेका छन् । नेपाली समाजमा घटेका समसामयीक विषय वस्तुमा आधारित रहेर चलचित्र निर्माण गर्न रुचाउने घायल नया कलाकारलाई अवसर प्रदान गर्ने निर्देशकको रुपमा समेत चिनिन्छन् । शंकर सबै नयाबाट पुरानो बन्ने भएकोले नयालाई मौका दिन आफु नहिच्किचाउने बताउछन् । नेपाली चलचित्र क्षेत्रलाई अहिलेको यस्तो अवस्थामा पनि चलायमान बनाईरहेको बताउने उनी नेपाली चलचित्र क्षेत्रमा मौलाएको खुट्टा तान्ने प्रविद्धिको विरोध गर्दछन् ।
अरुले के भन्छन् के गर्छन मलाई मतलब छैन मैले के गरिरहेको छु र के गर्दछु त्यसमै मेरो ध्यान रहने भएकोले आजसम्म चलचित्र क्षेत्रमा आफु टिकिरहेको उनी बताउछन् । चलचित्रसंगै गीत लेखनमा पनि उत्तिकै सकृय घायल संगीतकार लक्ष्मण पोखरेलको संगीतमा केही गीतहरु बजारमा ल्याउने तयारीमा रहेका छन् । कोभिडको महामारीले सुस्ताएको चलचित्र क्षेत्रले विस्तारै गति लिएकोमा उनी खुसी छन् ।
चलचित्र निर्माणमा दुईदशक देखी सृकय घायल मलाई चलचित्र निर्माणमा एक किसिमको भूल सवार भएको बताउछन् । बिग बजेटको चलचित्र साम्राज्यको ब्यापक तयारीमा जुटेका निर्देशक घायल साम्राज्य एक ब्लकबस्टर चलचित्र बन्नेमा आशावादी छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !