आफ्नो देशमा उत्पादन हुने सामानहरु बिदेशबाट ल्याउन बन्द गर्ने हो भने देशमा केही परिवर्तन हुन्छ तर छिमेकी मुलुक धाउन र छिमेकी मुलुकको फोहोर नालीबाट बग्ने सामान पनि ल्याउन पछि नपर्ने हाम्रा देशका नेताहरुकै कारणले कृषिदेखि घरेलु उद्योगका सामानहरु सबै ठ्प्प बन्द भएर आज बिदेशीसङ्ग हार गुहार नगरी केही नहुने स्थिति देशमा सृजना भएको छ।
देशका जनशक्तिको कुरा गर्ने हो भने आमाबुबा सन्तान जन्माउने मेसिन भए त्यसपछि सकीनसकी पढाएर सक्षम बनाएका सन्तान्हरु बिदेशीका कामदारका रुपमा तयार भएर बिदेश जानू नै पर्ने बाध्यता बनाएका छन् हाम्रा देशका नेताहरुले! कति दुख्लाग्दो कुरा छ यहाँ दिनहुँ बिमानस्थलबाट बिदा हुन्छन् हजारौं युवाहरु काँचो सपना बोकेर! कति त पूरा हुन नपाई बाकसमा फर्किएका कैयौं उदाहरणहरु छन् !
के का लागि पढ्नु!
कसका लागि पढ्नु भनेर आफ्नै देशमा काम गर्न नपाएर बिहान बेलुका हात जोड्न नपाएर झुन्डिएर मर्न बाध्य छन।
कतैबाट हौसला नपाएपछि बिष खाएर मर्न बाध्य छन्, कोही बाँच्नका लागि खराब धन्दामा लागेका छन् त कोही लागू औषधको सिकार बन्न पुगेका यस्ता कैयौं उदाहरणहरु हाम्रै आँखा अगाडि छन् ।
प्रजातन्त्र आयो, गणतन्त्र आयो तर गरीबको चुलो उस्ताको उस्तै रहयो यता नेता र पार्टीका अवसरवादी झोलेहरु र घुसघोर कर्मचारीहर्को लागि मात्र गणतन्त्र फलिफाप बन्यो !
हरेक बर्ष नेपाल फर्कने सोच बनाएर नेपाल गएका केही जोडीहरु नेपाल गएर 2 महिना बसेर देशको स्थिति बुझेर फेरि निराश हुँदै आफ्नो सन्तानको भविष्य नदेखेर बिदेश फर्किन बाध्य छन् ।
अन्तिममा नेपाल सरकारले अब युवाहरुलाई बिदेश जानबाट बचाउने हो भने आफ्नै देशमा रोजगारका निम्ति कल कारखाना खोल्नुपर्छ। घरेलु उधोगमा लगाउनु पर्छ। कृषि उत्पादनमा जोड दिनुपर्छ।
शिपमुलक तालिमहरुको ब्यवस्था गर्नुपर्ने हुन्छ नत्रभने बिदेशी छिमेकी मुलुकका युवाहरुले जरा गाडेर बस्नेछन् हाम्रो मुलुकमा अनि नेपालीका सन्तान बिदेशबाट नफर्किएर सँधै NRN रहन बाध्य हुनेछन् र आफ्नै जन्मभूमि उनीहरुका लागि बिरानो हुनेछ, बिरानो बन्नेछ अनि नचाहेर पनि बिदेशमा मर्न बाध्य बन्नेछन् ।
कमला प्रसाईं
हाल- अमेरिका
आफ्नो प्रतिक्रिया दिनुहोस् !